Online Nepal शनिबार, साउन १२ २०८१

नेप्सेमा दोहोरो अंकको वृद्धी

नेप्सेमा दोहोरो अंकको वृद्धी


मध्यान्तर
  • सोमबार, जेष्ठ ७ २०८१

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से २७.५४ अंकले बढेर दुई हजार ९२ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १३४ वटाको बढेको छ भने १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । अन्य तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने एक कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

    आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.४० प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको १९ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार