Online Nepal आइतबार, असार २ २०८१

नेप्सेको उकालो यात्रा कायमै

नेप्सेको उकालो यात्रा कायमै


मध्यान्तर
  • बुधबार, जेष्ठ ९ २०८१

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से १५.५४ अंकले बढेर दुई हजार एक सय ३१ दशमलब ४९ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८१ वटाको बढेको छ भने १६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

    आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.०५ प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार