Online Nepal आइतबार, असार २ २०८१

रेड नोटिस जारी भएका व्यक्ति रोमानियाबाट पक्राउ

रेड नोटिस जारी भएका व्यक्ति रोमानियाबाट पक्राउ


मध्यान्तर
  • बिहिबार, जेष्ठ १० २०८१

  • काठमाडौँ । रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्।

    जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई रोमानियाबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ९ बस्ने २४ वर्षीय गौरव नेपाली छन्। उनलाई रोमानिया प्रहरीको समन्वयमा पक्राउ गरिएको थियो।

    उनलाई पक्राउ गरी बुधबार नेपाल फिर्ता ल्याइएको हो।

    जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध भएको थियो।

    एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनीविरूद्ध रेड नोटिस जारी भएको थियो।

    उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ।

    प्रतिक्रिया
    थप समाचार