Online Nepal आइतबार, असार २ २०८१

रारा जाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते

रारा जाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते


मध्यान्तर
  • बिहिबार, जेष्ठ १० २०८१

  • काठमाडौँ। बाजुराबाट रारातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

    आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जीप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो ।

    दुर्घटनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य छ ।

    घाइते चालक तथा जीप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट २५ मिटर तल खसेको थियो ।

    प्रतिक्रिया
    थप समाचार