Online Nepal शनिबार, साउन १२ २०८१

पिपुल्स डेन्टल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बीच व्यवसायिक सम्झौता

पिपुल्स डेन्टल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बीच व्यवसायिक सम्झौता


मध्यान्तर
  • आइतबार, जेष्ठ १३ २०८१

  • काठमाडौं । व्यवसायिक सहकार्यका लागि पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा।लि। र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    सहमतिपत्रमा पिपुल्स डेन्टल कलेजका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्द र नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन् ।

    उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा मर्चेण्ट बैंकिङ्गमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ताले विभिन्न छुट पाउने छन् ।

    दन्त परिक्षण निःशुल्क, दाँत सफा गर्दा २० प्रतिशत, दाँत निकाल्ने र दाँत भर्दा १५ प्रतिशत तथा दाँत सम्बन्धी अन्य सेवामा ५ प्रतिशत तथा जनरल अस्पताल नयाँबजारले सञ्चालन गर्ने सेवाहरुमा परीक्षण निशुल्क पाइनुका साथै, बेड चार्जमा १५ प्रतिशत तथा ल्याब, भिडियो एक्स् रे, ईसिजि र ओ।टीमा क्रमशः १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

    पिपुल्स डेन्टल कलेज सन् १९९७ मा स्थापना भई हालसम्म अनवरत रुपमा संचालित त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्धन प्राप्त नेपालकै प्रथम डेन्टल कलेज एण्ड हस्पिटल हो, जसले डेन्टल कलेज तथा जनरल अस्पताल सञ्चालन गरी विभिन्न स्वास्थ्य सम्बन्धी सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार