Online Nepal शनिबार, साउन १२ २०८१

अत्यधिक गर्मी भएपछि धनगढीका विद्यालय एक हप्ता बन्द

अत्यधिक गर्मी भएपछि धनगढीका विद्यालय एक हप्ता बन्द


मध्यान्तर
  • बिहिबार, जेष्ठ १७ २०८१

  • काठमाडौँ । गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा एक हप्ता बिदा दिएको छ ।

    उपमहानगरपालिकाले बिहीबार सूचना जारी गर्दै शुक्रबारदेखि लागू हुनेगरी २४ जेठसम्म बिदा दिएको हो ।

    बर्खे बिदाबाट कट्टा हुनेगरी नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिइएको उल्लेख गरिएको छ ।

    धनगढीलगायत तराई क्षेत्रमा केही दिनयता गर्मी अत्यधिक बढेको छ । आज धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ । जुन २८ वर्ष यताकै सबैभन्दा धेरै हो ।

    बुधबार धनगढीमा सर्वाधिक ४३.३६ डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार