Online Nepal शनिबार, साउन १२ २०८१

रियलमी १२ प्रोंआकर्षक अफरसहित दराजमा प्रि–बुकिङ्गको लागि उपलब्ध, यस्ता छन् मूल्य र फिचर्स

रियलमी १२ प्रोंआकर्षक अफरसहित दराजमा प्रि–बुकिङ्गको लागि उपलब्ध, यस्ता छन् मूल्य र फिचर्स


मध्यान्तर
  • शनिबार, जेष्ठ १९ २०८१

  • काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रों अब दराजमा अग्रिम बुकिङ्गको लागि उपलब्ध भएको छ । ६।७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन भएको रियलमी १२ प्रों मा १२० हर्जको रिफ्रेस रेट रहेको रियलमी १२ प्रों दराजमा उपलब्ध भएको हो ।

    रियलमी १२ प्रोंको हरेक खरिदमा तथा निःशूल्क डेलिभरीसहित निःशूल्क टी १०० इयरबड प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै, दराजबाट खरिद गर्ने ग्राहकहरुले १,००० को छुट भाउचर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो वाहेक ग्लोबल आईएमई बैंकबाट अनलाईन भुक्तानी गर्ने ग्राहकहरुले ७५० को अतिरिक्त छुट पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर जेठ १९ देखि जेष्ठ २३ सम्म मात्र लागू हुनेछ ।

    कम्पनीले भने, ‘क्वाल्कम स्न्यापड्रागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम ओक्टा सीपीयूमा सञ्चालित रियलमी १२ प्रों मा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको ¥याम सँग ५१२ जिबीको आन्तरिक स्टोरेज हुन्छ जुन आवश्यक्ता अनुसार २४ जिबीसम्म थप्न पनि सकिन्छ ।’ फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो ंको बहुमुखी क्यामेरा अति उपयोगी हने, ६४ मेगा पिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्निभिजन ओभि६४बी सेन्सर र ओआईएक्स, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामेरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामेरा र ३२ मेगा पिक्सेलको सोनि आईएमएक्स५ सेल्फी क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रों मा उपलब्ध रहेको कम्पनीले जानकारी दिए ।

    कम्पनीका अनुसार १६१.४७ मिलिमिटरको लम्बाई, ७४.०२ मिलिमिटरको चौडाई र ८.७५ मिलिमटरको उचाई रहेको रियलमी १२ प्रों स्मार्टफोनको तौल करिब १९६ ग्राम रहेको छ । रियलमी १२ प्रों को प्याकेजमा ६७ वाटको सुपरभोक चार्जीङ्ग एडप्टर, एउटा टाईप सी यूएसबी केबल, वारेन्टि कार्ड, सेफ्टी गाईड, क्विक गाईड, सिम इन्जेक्टर पिन, सेफ्टी बक्स, स्क्रिन प्रोटेक्टर राखिएको छ । रियलमी १२ प्रों १२ जिबी ¥याम ं२५६ जिबी स्टोरेजको भेरियन्ट नेपालमा उपलब्ध छ । दराजमा सबमरिन ब्लू र एक्सप्लोरर रेड रङ्गमा उपलब्ध रियलमी १२ प्रों को मुल्य र.। ५०,९९९ राखिएको छ ।

    प्रतिक्रिया
    थप समाचार