Online Nepal शनिबार, साउन १२ २०८१

‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी दश खानेकुरा

‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी दश खानेकुरा


मध्यान्तर
  • मंगलबार, जेष्ठ २२ २०८१

  • काठमाडौं । ब्लड प्रेसर लो’ भएका व्यक्तिहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिन आवश्यक छ।

    खानपानमार्फत् नै प्रेसरको अवस्था सामान्य बनाउन सक्नुहुन्छ । सामान्तयाः यदि कसैको ब्लड प्रेसर लो छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि गुलियो खानेकुराहरु खाने गर्दछन् । लो ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा केहि जानकारी तल दिइएको छ ।

    १. पात भएको सागसब्जी नियमित खानुहोस्

    पात भएको सागसब्जीमा आइरन हुन्छ । जुन मानव शरीरको लागि अत्यावश्यक खनिज पदार्थ हो । ब्लड प्रेसरलाई कम गरेर त्यसलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ । सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लडप्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।

    २.डार्क चक्लेटः

    डार्क चक्लेटले मुटुको रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरुका लागि राम्रो मानिन्छ ।

    ३. बदामः

    बदामले तपाईंको उर्जा र प्रतिरोध क्षमतालाई बृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।

    ४. बोसोको नभएको मासु यस्तो मासुको सेवन गर्नुहोस्

    जसमा बोसोको मात्रा कम हुन्छ । जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरुका लागि टर्की, चिकन र माछाजस्ता पदार्थको सेवन गर्न उचित हुन्छ । यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो ।

    ५ .रसिलो पोषिलो झोल पदार्थ

    टुसा उम्रेको गेडागुडी र झोलिलो पदार्थ खाँदा शरिरमा उर्जा र राम्ररी रक्तसञ्चार हुन्छ । प्रेसर लो भएको बेला टुसा उम्रेको गेडागुडीको कारण शरीरमा छिटै शक्ति प्राप्त हुन्छ ।

    ६. फलफूलः

    यस्तो फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढि हुन्छ । यो यस्तो फल हो जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ ।

    ७ कालो खाद्य पदार्थः

    कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ । यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ ।

    ८. अमिलो खाद्य पदार्थः

    गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरुको शरिरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ ।

    ९. गहुँ

    मैदाको तुलनामा गहुँ निकै राम्रो मानिन्छ । कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ ।

    १०. लसुन

    लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरुको रक्तचाप सामान्य हुने गर्दछ ।

    साथै नियमित स्वास्थ्य परिक्षण गर्नुहोस् र सकारात्मक सोच राख्नुहोस् ।

    प्रतिक्रिया
    थप समाचार