Online Nepal शनिबार, साउन १२ २०८१

टी–२० विश्वकप : श्रीलंकाको लगातार दोस्रो हार

टी–२० विश्वकप : श्रीलंकाको लगातार दोस्रो हार


मध्यान्तर
  • शनिबार, जेष्ठ २६ २०८१

  • काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह डी मा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा श्रीलंका बंगलादेशसँग २ विकेटले पराजित भएको हो ।

    जितका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए । उनले मात्र २० बलमा १ चौका र ६ छक्का हिर्काए ।

    श्रीलंकालाई ठुलो स्कोर बनाउनबाट रोक्न रिसाद होसेन र मुस्तफिजुर रहमानले कसिलो बलिङ गरे । होसेनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए । रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै, तास्किन अहमदले २ विकेट लिएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार