Online Nepal शनिबार, साउन १२ २०८१

आईसीसी टी–२० विश्वकप : सन्दीप वेस्टइन्डिजमा खेलिने खेलहरुमा सहभागी हुने

आईसीसी टी–२० विश्वकप : सन्दीप वेस्टइन्डिजमा खेलिने खेलहरुमा सहभागी हुने


मध्यान्तर
  • सोमबार, जेष्ठ २८ २०८१

  • काठमाडौं । आईसीसी टी–२० जारी विश्वकप क्रिकेट प्रतियोगितामा खेल्न वेस्टइन्डिजमा हुने खेलमा सन्दीप लामिछाने समाबेश हुने भएका छन्। त्यसका लागि उनी आइतबार राति उनी वेस्टइन्डिज गएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आज एक विज्ञप्तिमार्फत यसको जानकारी गराएको छ ।

    अमेरिकाले भिसा नदिँदा अमेरिका जान नपाएका सन्दीप वेस्टइन्डिज हुने दुईवटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

    नेपालले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ। दुवै खेलमा सन्दीपले सहभागिता जनाउने क्यानले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार