Online Nepal शनिबार, साउन ५ २०८१

आईसीसी टी-२० विश्वकप : नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

आईसीसी टी-२० विश्वकप : नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित


मध्यान्तर
  • शनिबार, असार १ २०८१

  • काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । शनिबार बिहान वेस्ट इन्डिजका सेन्ट भिन्सेन्टस्थित आर्नोस मैदानमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो ।

    नेपाल पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध जित नजिक पुगे पनि एक रनले निराश बनेपछि ऐतिहासिक नतिजाबाट चुकेको हो ।

    नेपालका लागि आसिफ सेखले ४२ रन बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । १.५ ओभरमा एक रनमा खेलिरहँदा आसिफ सेख आउट हुनबाट बचेका थिए । कगिसो रबाडाले गरेको उक्त ओभरमा रबाडाले नै आसिफको क्याच छुटाएका थिए । आसिफले ३५–२ को अवस्थाबाट अनिल साहसँग ५० रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए ।

    १३.४ ओभरमा आउट हुनुअघि अनिलले २४ बलमा तीन चौका र एक छक्कासहित २७ रन बनाए ।  टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अनिलको यो नै अहिलेसम्मको व्यक्तिगत उच्च स्कोर हो ।

    यो जितसँगै दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर–८ मा प्रवेश गरेको छ । तीन खेलबाट एक अंक जोडेको नेपाल भने प्रतियोगिताको समूह चरणबाट बाहिरिने सम्भावना भएको छ । नेपाल सो तालिकाको चौथो स्थानमा छ ।

     

    प्रतिक्रिया
    थप समाचार