Online Nepal शनिबार, साउन ५ २०८१

आईसीसी टी–२० विश्वकप : नेपाल बंगलादेशसँग २१ रनले पराजित

आईसीसी टी–२० विश्वकप : नेपाल बंगलादेशसँग २१ रनले पराजित


मध्यान्तर
  • सोमबार, असार ३ २०८१

  • काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाल  बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपालले २०२४ को टी२० विश्वकपको यात्रा सकाएको छ ।

    १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए ।
    पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको नेपाल श्रीलंकासँगको दोस्रो खेलमा भने वर्षाको कारण रद्द भएको थियो। यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार