Online Nepal शनिबार, साउन ५ २०८१

सिभिल अस्पतालको काउण्टरमा लिन्छन् जथाभावी शुल्क

सिभिल अस्पतालको काउण्टरमा लिन्छन् जथाभावी शुल्क


मध्यान्तर
  • सोमबार, असार ३ २०८१

  • काठमाडौँ । अस्पतालले तोक्ने एउटा शुल्क सोही अस्पतालको काउण्टरमा बसेका कर्मचारीले लिन्छन् अर्को शुल्कभन्दा कसैलाई पत्यार लाग्ला ? स्वास्थ्य जस्तो सस्थामा यस्तो विचित्रता पनि हुने गरेको छ । त्यो पनि निजी तथा सामुदायिक अस्पतालमा होइन, नेपाल सरकारले निजामती कर्मचारीलाई लक्ष्ति गर्दे बनाएको सिभिल अस्पतालमा यस्तै गरिएको प्रमाण भेटिएको छ । असार ३ गते सोमवार सिटी स्क्यान गर्नुपर्ने विरामीका आफन्तबाट अस्पतालले तोकेकोभन्दा बढीशुल्क लिएको पाइएको हो ।

    उपचार गराइरहेका बिरामीहरुसँग अस्पतालले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर बिल काट्ने काम भने कृषि बिकास बैंकका कर्मचारीहरुले गरेका छन् । किनकी यस अस्पतालमा काउण्टरमा विलकाट्ने काम कृषि विकाश बैंकका कर्मचारीलाई दिइएको छ ।

    यसरी बिल काट्ने क्रममा अस्पतालको शुल्क एक भएको र काउण्टरका कर्मचारीले भने अलग्गै शुल्क लिने गरेको उपचारमा सम्लग्न विरामीका कुरुवाले बताएका छन् । प्राप्त भएको विवरण अनुसार अस्पतालले सात हजार मूल्य तोकेको सिटिस्क्यानको उपचारलाई कृषि बिकाश बैंकका काउण्टरमा बसेका कर्मचारीले नौ हजार रुपैयाँ लाग्ने भन्दै दुई हजार बढी लिएको पाइएको छ ।

    यो त एक प्रतिनिधी पात्र मात्रको रिपार्ट भयो, यस्ता घटना सिभिल अस्पतालमा धेरै हुने गरेको खुलासा हुँदै गएका छन् । यसरी रकम लिनुको पछि अस्पतालमै उच्च तहका कर्मचारीसँग बैंकका कर्मचारीको मिलेमतो रहेको आरोप विरामीका कुरुवाले पहिचान नखोल्ने शर्तमा बताएका छन् ।

    विरामीका कुरुवाले पछिल्ला दिनमा यसरी शुल्क दिने गरेको रंगेहात समात्ने गरेका छन् । यतिहुँदा पनि अस्पताल उच्च तहका पदाधिकारीले कुनै चासो लिने गरेको पाइएको छैन् । शुल्क गडबढी बारे थाहा पाएका विरामीका आफन्तले तिसकेपछी पनि तपाईहरुको कमजोरी भयो के कसरी यस्तो शुल्क लिनु भयो भन्दा अस्पताल प्रशासनले सुरक्षा गार्ड लगाएर उल्टै विरामीका आफन्तलाई धम्क्याउने गरेको पाइएको छ । कतिपय विरामीका आफन्तलाई भने भित्रभित्रै काउण्टरका कर्मचारीले रकम फिर्ता दिने गरेको प्रमाण समेत भेटिएको छ ।

    यदी यो रकम सच्याउनु परो भने पनि विरामीका आफन्तले धेरै सास्ती भोग्दै आएका छन् । मानसिक रुपमा विरामीका कुरुवालाई थकाएर, गलाएर मात्र यस्तो रकम फिर्ता दिने गरिएको छ । मेडिकल सम्बन्धी बुझेका र शुल्क थाहा भएका विरमीका कुरुवाले यो शुल्क कसरी भयो भनेर प्रश्न उठाउँदा काउण्टरका कर्मचारीले सिस्टक भन्दै पन्छिने गरेका छन् । एकातिर विरामीका आफन्त उपचारमा तनाबपूर्ण अवस्थामा रहेका हुन्छन् । अर्कोतीर जथाभावी शुल्क लिएर झनै विरामी र उनका आफन्तलाई अस्पताल प्रशासनले दुःख दिइरहेको प्रति जिम्मेवारी कस्ले लिने ?

    सिभिल अस्पतालका अध्यक्ष नेपाल सरकारको मुख्य सचिव हुने ब्यावस्था छ । यस अनुसार हालका मुख्य सचिब डा. बैकुण्ठ अर्याल यस अस्पातलका अध्यक्ष हुन् । त्यस्तै, नेपाल सरकारका चार सचिब यस्का सदस्य रहेका छन् । जस अनुसार संद्यिय मामिला तथा सामान्य प्रसाशन सचिव मुकुन्द प्रसाद निरौला, स्वस्थ्य सचिब डा. रोशन पोखरेल, अर्थसचिब डा मधु कुमार मरासिनी र कानून मन्त्रालयका सचिब फनिन्द्र प्रसाद गौतम यसका संचालक सदस्य रहेका हुन् । यसरी देशकै उच्च तहमा रहेका प्रतिनिधी संचालक भएको संस्थामा सर्वसाधारणलाई उपचार गर्दा समेत रकममा गोलमाल गर्दा सर्वसाधारणले भने अव कस्को शरण लिने प्रश्न उठेको छ ।

    कतै यो उच्च तहको मिलेमतोमा विरामी ठग्ने नियत अस्पताल कर्मचारीको ग्राण्ड डिजाइन त होइन भन्ने प्रश्न समेत उठेको छ । यस सम्बन्धी अस्पतालका मेम्बर सेक्रेटरी प्रो. डा विद्याननिधी पौडेललाई जिज्ञासा राख्दा यस सम्बन्धी कुनै गुनासो आफूलाई थाहा नभएको बताए । उनले भने,–‘सिष्टमभन्दा बाहिर गएर मेसिनले पैसा नै लिदैन् ।’

    सिष्टमले पनि लिएको विरोधपछि पैसापनि फिर्ता लिएको रेकर्ड हामीसँग छ नी भन्दा पौडेलले अगाडि थपे– ‘के भएको रहेछ म कृषि विकास बैंकको मेनेजरलाई नै बोलाएर सोध्ने छु ।’

    प्रतिक्रिया
    थप समाचार