Online Nepal शनिबार, साउन ५ २०८१

चिकित्सा शिक्षा आयोगले बिएन्डसी अस्पताललाई दियो मेडिकल कलेजको सम्बन्धन

चिकित्सा शिक्षा आयोगले बिएन्डसी अस्पताललाई दियो मेडिकल कलेजको सम्बन्धन


मध्यान्तर
  • मंगलबार, असार ४ २०८१

  • काठमाडौं । चिकित्सा शिक्षा आयोगले बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिएको छ ।

    आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको बैठकले सर्वोच्च अदालतको परमादेश अनुसार नै बिएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो ।

    बैठकमा आयोगका सह–अध्यक्षहरु स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि सहभागि थिए ।

    जेठ २४ गते सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा परमादेश जारी गर्दे १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको छ ।

    उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिस सहितको पत्र पठाएको थियोे । उनले पत्र पछि आयोगले सम्बन्धन दिएको हो ।

     

     

    प्रतिक्रिया
    थप समाचार