Online Nepal शनिबार, साउन ५ २०८१

करारनामा विपरित सुविधा रकममा १५ प्रतिशत कर कट्टा गर्न खोजेको भन्दै स्वास्थ्य विमा दर्ता सहयोगीहरु आन्दोलित

करारनामा विपरित सुविधा रकममा १५ प्रतिशत कर कट्टा गर्न खोजेको भन्दै स्वास्थ्य विमा दर्ता सहयोगीहरु आन्दोलित


मध्यान्तर
  • शनिबार, असार ८ २०८१

  • काठमाडौं । सरकारले नियमावली र करारनामा विपरीत सुविधा रकममा १५ प्रतिशत कर लागाउन खोजेको भन्दै स्वाथ्य विमा दर्ता सहयोगीहरु आन्दोलित भएका छन् । आज  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले आफूहरुले विगत ११ महिनादेखि पाउनुपर्ने सुविधा रकम नपाएको र त्यसमा पनि १५ प्रतिशत कर कट्टा गरेर पठाउने तयारी भएपछि आन्दोलित हुनुपरेको बताएका हुन् ।

    स्वाथ्य विमा दर्ता सहयोगीहरुले संघर्ष समिति बनाएर नै चरणबद्ध आन्दोलन थालेका छन् । संघर्ष समितिकी संयोजक गंगा सुवेदीले विमाकर्ताले योगदान वापत बुझाउने तीन हजार पाँच सयको १० प्रतिशत रकम बाहेक आफूहरुलाई अरु कुनै सुविधा नरहेको बताईन् । आफूहरुले पाउने सुविधा रकममा विगतका वर्षहरुमा १ प्रतिशत सामाजिक सुरक्षा कर कट्टा गर्ने गरिएको भएपनि यस पटक भने १५ प्रतिशत कर कट्टा गर्ने तयारी रहेको जानकारी प्राप्त भएको बताईन् ।
    ‘महालेखाले बेरुजु देखाएको भनेर १५ प्रतिशत कर कट्टा गर्ने भनी हामीलाई परिपत्र भएको छ । नियमावली र करारनामामा पनि १५ प्रतिशत कर कट्टा गर्ने बारे उल्लेख छैन । यसरी नियमावली र करारनामामा उल्लेख नभएको अवस्थामा कानुन विपरीत कर कट्टा गर्न पाइँदैन,’ उनले भनिन् ।

    संघर्ष समितिले हिजो स्वाथ्य विमा बोर्डमा ज्ञापन पत्र बुझाएर सात दिनभित्र माग सम्बोधन गर्न भनेको उनले बताईन् । माग सम्बोधन नभए त्यसपछि सशक्त रुपमा आन्दोलनमा होमिने संघर्ष समितिको चेतावनी छ ।

    प्रतिक्रिया
    थप समाचार