Online Nepal शनिबार, साउन ५ २०८१

करण परियारले जितेले नेपाल आइडल सिजन ५ को उपाधि

करण परियारले जितेले नेपाल आइडल सिजन ५ को उपाधि


मध्यान्तर
  • आइतबार, असार ९ २०८१

  • काठमाडौं । ‘नेपाल आइडल सिजन ५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार साँझ भएको ग्राण्ड फिनालेमा अन्य तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्।

    विजेता परियारले नगद २५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भएका छन् । फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुस्कार पाएका छन् भने थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए। उनले स्कुटर पुरस्कार पाएका छन् ।

    उक्त रियालिटी शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज थिए भने रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गरेका थिए।

    सिजन ५ को अडिसन २१ पुसदेखि सुरु भएको थियो भने फागुन २४ देखि प्रसारण भएको थियो।

     

    प्रतिक्रिया
    थप समाचार