Online Nepal शुक्रबार, साउन ४ २०८१

आईसीसी टी-२० विश्वकप : अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत पुग्यो सेमिफाइनलमा

आईसीसी टी-२० विश्वकप : अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत पुग्यो सेमिफाइनलमा


मध्यान्तर
  • मंगलबार, असार ११ २०८१

  • काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ मा भारतले अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा पुगेको छ  । ग्रुप-१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

    अब भारतले सेमिफाइनलमा ग्रुप-२ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ । अफगानिस्तान र बंगलादेश सुपर- ८ को अन्तिम खेल बुधबार बिहान खेल्नेछन् । उक्त खेलमा बंगलादेश विजयी भएमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान विजयी भएमा भने अष्ट्रेलिया बाहिरिनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार