Online Nepal शनिबार, साउन ५ २०८१

भारतको एक धार्मिक सभामा भागदौड हुँदा एक सय १६ जनाको मृत्यु

भारतको एक धार्मिक सभामा भागदौड हुँदा एक सय १६ जनाको मृत्यु


मध्यान्तर
  • बुधबार, असार १९ २०८१

  • काठमाडौं । भारतको उत्तर प्रदेशमा एक धार्मिक सभामा भागदौड हुँदा एक सय १६ जनाको मृत्यु भएको छ। त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएका छन्।

    बिबिसीका अनुसार मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको छ।

    मृत्यु हुनेमा अधिकांश महिला छन्। भेटिएका शवमध्ये १०८ वटा महिलाको, एउटा पुरूषको र सात वटा बालबालिकाको भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

    मंगलबार युपीको हाथरस सहर नजिकै एक धार्मिक प्रचारकको प्रवचन कार्यक्रम थियो। प्रवचन सुन्न आएका सयौं मानिस कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा धूलोको आँधी आएको थियो। त्यही क्रममा भागदौड हुँदा धेरै व्यक्तिले ज्यान गुमाएका हुन्।

    भागदौडका कारण धेरै मान्छेको किचिएर मृत्यु भएको र शवहरू एकमाथि अर्को लडेको अवस्थामा फेला परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन्।

    प्रवचन सुन्न गएका मानिसहरूबीच यो भागदौड किन र कसरी सुरू भयो भन्नेबारे अहिलेसम्म यकिन जानकारी भने छैन। प्रहरीले यसबारे खोजबिन र अनुसन्धान गरिरहेको बताएको छ।

    घटनामा घाइते भएका सयौं व्यक्तिलाई अस्पताल पुर्‍याइएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्ने अनुमान छ।

    यस्तै उक्त घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतक र घाइतेको परिवारलाई आर्थिक सहयोग गर्ने बताएका छन्।

    प्रतिक्रिया
    थप समाचार