Online Nepal शनिबार, साउन ५ २०८१

रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु

रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, असार २५ २०८१

  • काठमाडौँ । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् ।

    प्रहरीका अनुसार सिस्ने गाउँपालिका–२, दल्लुगैरामा गए राति पहिरो जाँदा गोठमा सुतिरहेका सिस्ने–१ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएको थियो । तीमध्ये ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

    ती बालकका बुवा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा र बहिनी नौ वर्षीया तिलसराको अवस्था गम्भीर रहेको छ । उपचारका निम्ति उनीहरूलाई रुकुमकोट पठाइएको छ ।

    प्रतिक्रिया
    थप समाचार