Online Nepal शुक्रबार, साउन ४ २०८१

नारायणी नदीको किनारमा तीन जनाको शव फेला

नारायणी नदीको किनारमा तीन जनाको शव फेला


मध्यान्तर
  • मंगलबार, असार २५ २०८१

  • काठमाडौँ । नारायणी नदीको किनारमा तीन जनाको शव फेला परेको छ।

    पूर्व नवलपरासीस्थित नारायणी किनारमा तीन जनाको शव फेला परेको हो।

    गैंडाकोट नगरपालिका(१ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्व(नवलपरासीले जनाएको छ।

    मंगलबार बिहान साढे १० बजे नदी किनारमा दुई जना पुरूष र एक जना महिलाको शव फेला परेको हो।

    मृतक अन्दाजी ६० वर्षीय पुरूष, अन्दाजी ४०/४५ वर्षीय पुरूष र अन्दाजी ४०/४५ वर्षीया महिला छन्।

    उनीहरूको शव सडिसकेको अवस्थामा फेला परेको हो। मृतक तीनै जनाको सनाखत गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार