Online Nepal शनिबार, साउन ५ २०८१

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार


मध्यान्तर
  • बुधबार, असार २६ २०८१

  • काठमाडौं । अघिल्लो साताको सोमबारबाट निरन्तर बढ्दै गई गत सोमबार सामान्य करेक्सन देखिएको शेयर बजारले उकालो यात्रा जारी राखेको छ ।

    बुधबार नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार १५.७९ अंकले बढेको नेप्से बुधबार २३.२५ अंकले बढी दुई हजार १७५.४० बिन्दुमा बजार बन्द भएको छ ।

    आज कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँको १ करोड ५२ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

    प्रतिक्रिया
    थप समाचार