Online Nepal शनिबार, साउन ५ २०८१

सेबोनद्वारा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चित कालको लागि स्थगित

सेबोनद्वारा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चित कालको लागि स्थगित


मध्यान्तर
  • बुधबार, असार २६ २०८१

  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

    शुक्रबारदेखि सर्वसाधारणका लागि खुल्ला गर्ने घोषणा गरिएको कम्पनीको आईपीओ कम्पनीको आर्थिक अवस्थासम्बन्धी विवरणहरूमा विवाद भएपछि स्थगित गरिएको हो ।

    सेबोनका प्रवक्ता डा. नवराज अधिकारीले कम्पनीको आईपीओ अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय बोर्डले गरेको बताए । ‘कम्पनीको आर्थिक विवरणसँग सम्बन्धित विषयहरू विवादित बनेपछि र केही सरोकारवालाहरूले बोर्डमा निवेदन दिएपछि अर्को निर्णय नभएसम्म सो कम्पनीको आईपीओ निष्कासन गर्ने विषय स्थगित भएको छ’, प्रवक्ता डा। अधिकारीले भने ।

    साथै संसद्को सार्वजनिक लेखा समितिले माग गरेको ५ वटा विषयको जवाफ दिने बोर्डले गरेको उनले बताए ।

    नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर रिलायन्स स्पिनिङ मिल्सले रिलायन्स कम्पनीले १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । बुक बिल्डिङ प्रक्रियाबाट तय गरिएको सो शेयरको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ रहेको छ ।

    धितोपत्र बोर्डबाट आईपीओ जारी गर्नका लागि स्वीकृति लिने क्रममा पेश गरेको विवरण र तेस्रो त्रैमासिक विवरणको रुपमा सार्वजनिक गरेको वित्तीय विवरणमा नेटवर्थ आम्दानी, प्रतिशेयर आम्दानी, नाफा प्रक्षेपण लगायतका विषयहरू अस्वभाविक देखिएपछि रिलायन्सको आइपीओको विषय विवादित बन्न पुगेको हो ।

    प्रतिक्रिया
    थप समाचार