Online Nepal बुधबार, जेष्ठ २ २०८१

साउदी अरेबियामा बस दुर्घटना, ३५ जनाको मृत्यु

साउदी अरेबियामा बस दुर्घटना, ३५ जनाको मृत्यु


मध्यान्तर
  • बिहिबार, असोज ३० २०७६

  • काठमाडौं । साउदी अरबको मदिना सहरमा यात्रुवाहक बस र लोडर एकआपसमा ठोक्किँदा ३५ विदेशीको मृत्यु भएको छ ।
    दुर्घटनामा परी चार जना घाइते भएका छन् । मदिना प्रहरीका प्रवक्ताले विदेशी पर्यटक सवार रिजर्भ बस र लोडर एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । दुर्घटनामा परी मृत्यु भएकाहरु अरब र एशियाली तीर्थयात्री रहेका बताइएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई अल हमना अस्पतालमा भर्ना गरिएको छ । प्रहरी अधिकारीले दुर्घटनाको अनुसनधान सुरु गरिएको बताएका छन् ।

    स्थानीय मिडियालाई उद्धृत गर्दै प्रहरी प्रवक्ताले मदिना क्षेत्रको अल अखल क्षेत्रमा बस कयौं सवारी साधनहरुसँग ठोक्किएको बताएका छन् । जसका कारण ३५ जनाको मृत्यु हुने गरी उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार