Online Nepal मंगलबार, जेष्ठ १ २०८१

नेल्सन मन्डेलाकी छोरी जेनानी बनिन् दक्षिण कोरियाकी राजदूत

नेल्सन मन्डेलाकी छोरी जेनानी बनिन् दक्षिण कोरियाकी राजदूत


मध्यान्तर
  • शुक्रबार, कार्तिक १ २०७६

  • काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाकी छोरी जेनानी मन्डेला दक्षिण अफ्रिकाका लागि दक्षिण कोरियाकी राजदूतमा नियुक्त भएकी छिन् ।
    उनले बिहीबार दक्षिण कोरियाको विदेश मन्त्रालयका प्रतिनिधि तथा अधिकारीहरुसँग बैठकसमेत गरेकी छिन् । नवनियुक्त राजदूत जेनानीले भनिन, ‘कोरियामा काम गर्न पाउँदा म खुसी छु । मलाई लाग्छ दुवै देशबीच कसिलो द्धिपक्षीय सम्बन्ध छ र म यसलाई यथावत् राख्नेछु । साथै आफ्नो कार्यकालमा यसलाई अगाडि बढाउन प्रयाससमेत गर्नेछु ।’ उनले जतिसक्दो छिटो दक्षिण कोरियाका राष्ट्रपति मुन जेलाई आफ्नो विवरण बुझाउनुपर्नेछ । ६० वर्षीया जेनानी नेल्सन मन्डेला र उनकी दोस्री श्रीमती विनीकी ज्येष्ठ सन्तान हुन् ।
    उनले सन् २०१२ देखि २०१७ सम्म अर्जेन्टिनाका लागि राजदूतको जिम्मेवारी सम्हालेकी थिइन् । उनले मौरिससमा समेत हाई कमिस्नरको भूमिकामा जिम्मेवारी वहन गरेकी थिइन् ।

    प्रतिक्रिया
    थप समाचार