Online Nepal मंगलबार, जेष्ठ १ २०८१

ट्रम्पविरुद्ध महाभियोगको छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित

ट्रम्पविरुद्ध महाभियोगको छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित


मध्यान्तर
  • शुक्रबार, कार्तिक १५ २०७६

  • काठमाडौं । अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने एउटा प्रस्ताव पारित गरेको छ ।
    प्रस्तावको पक्षमा २३२ मत खसेको थियो भने विपक्षमा १९६ मत खसेको थियो । त्यसमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनले अझ सार्वजनिक रूप कसरी लिन्छ भन्ने कुरा समेटिएको छ । संसद्‌मा भएको मतदान राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयमा चाहिँ नभएको बीबीसीले जनाएको छ । डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदनमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा समर्थन रहे वा नरहेको कुराको यो पहिलो औपचारिक परीक्षण थियो । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मतदानको भर्त्सना गरेको छ । महाभियोग लागेर अहिलेसम्म अमेरिकी राष्ट्रपति पदमुक्त भएका छैनन् । सन् २०१६ को निर्वाचनमा झिनो मतान्तरले ट्रम्प विजयी भएका जिल्लाबाट प्रतिनिधित्व गर्ने दुई डेमोक्र्याट सांसदले मात्रै प्रस्तावको विपक्षमा मतदान गरे । हाउस अफ रेप्रिजेन्टटिभ्सले पारित गरेको प्रस्तावले ट्रम्पका वकिलहरूको अधिकार पनि निर्धारण गरेको छ ।
    राष्ट्रपति ट्रम्पमाथि अपुष्ट भ्रष्टाचारका दाबीबारे आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएको आरोप छ । ट्रम्पले आफूले गलत काम गरेको भन्ने कुरा अस्वीकार गर्दै आएका छन् ।

    प्रतिक्रिया
    थप समाचार