Online Nepal मंगलबार, जेष्ठ १ २०८१

नयाँदिल्लीमा अत्याधिक प्रदूषण भए पछि ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा

नयाँदिल्लीमा अत्याधिक प्रदूषण भए पछि ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा


मध्यान्तर
  • शनिबार, कार्तिक १६ २०७६

  • काठमाडौं । वायु प्रदुषणको अवस्था खतराजनक अवस्थामा पुगेपछि नयाँदिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।
    भारतको सर्वोच्च अदालतबाट अनुमतिप्राप्त एक कार्यदलले शुक्रबार दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त घोषणासँगै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नोभेम्बर ५ सम्म राजधानीका दिल्लीका विद्यालय बन्द हुने घोषणा गरेका छन् । दिल्ली क्षेत्रका धेरै ठाउँमा वायुको गुणस्तर सूचक ५ सय माइक्रोग्राम प्रतिघनमिटर पुगेपछि त्यहाँ स्वास्थ्य संकटकाल घोषणा गरिएको हो । त्यस्तै वातावरण प्रदुषण नियन्त्रण तथा नियमण प्राधिकरणले पनि ५ नोभेम्बरसम्म दिल्ली, नोएडा, गुरगाउँ र गाँजियावाद क्षेत्रमा निर्माणका काम पूर्ण रुपमा रोक्न आदेश दिएको छ ।
    वायुको गुणस्तर ५ सय माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि पुग्नुलाई गम्भीर अवस्था मानिन्छ।

    प्रतिक्रिया
    थप समाचार