Online Nepal मंगलबार, जेष्ठ १ २०८१

बंगलादेशमा दुईवटा रेल ठोक्किए, १५ जनाको मृत्यु

बंगलादेशमा दुईवटा रेल ठोक्किए, १५ जनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, कार्तिक २६ २०७६

  • काठमाडौं । बंगलादेशमा रेल दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् ।
    बंगलादेशको ब्राम्हणबाडिँया जिल्लामा मंगलबार बिहान रेल दुर्घटना भएको हो । दुईवटा यात्रुवाहक ट्रेन एकआपसमा ठोक्किएको हो । दुर्घटनामा दुवै ट्रेन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । बंगलादेशका राष्ट्रपति अब्दुल हामिद र प्रधानमन्त्री शेख हसिना वाजेदले दुर्घटना र यात्रुको मृत्युपछि शोक व्यक्त गरे । घाइतेमध्ये २८ जनाको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । चटगाउँका लागि गुडीरहेको रेल र राजधानी ढाका जाँदै गरेको रेल स्थानीय समयअनुसार बिहान सवा २ बजेतिर दुर्घटनामा परेका हुन् ।
    राजधानी ढाकाबाट १ सय किलोमिटर पर दुर्घटना भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार