Online Nepal सोमबार, बैशाख १७ २०८१

हरितारा चलचित्र पुरस्कार घोषणा

हरितारा चलचित्र पुरस्कार घोषणा


kamala joshi
  • आइतबार, असोज २८ २०७५

  • काठमाण्डौ – यस वर्षका लागि ‘हरितारा चलचित्र पुरस्कार’ घोषणा गरिएको छ । पुरस्कारका संरक्षक मनोजशम्सेर जबराको अध्यक्षतामा बसेको वैठकले अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री रेखा थापालाई यस वर्ष पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

    तीन दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा पुर्याएवापत संग्रौलालाई पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै, दशकदेखि नेपाली चलचित्रमा आफ्नो अभिनयकला र निर्माणमार्फत नेपाली चलचित्र क्षेत्रको संरक्षणमा योगदान पुर्याएवापत अभिनेत्री थापालाई ‘हरितारा चलचित्र पुरस्कार-२०७५’ प्रदान गर्ने निर्णय जनाइएको छ । पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।

    त्यस्तै, परिवर्तन नेपालको कार्यसमितिको बैठकले तीन दशकदेखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्याएवापत अभिनेता उत्तम केसीलाई र नेपाली रंगपत्रकारितामार्फत योगदान पुर्याएबापत विजय रत्नतुलाधरलाई ‘श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गर्र्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ ।

    यस्तै, अभिनेता तथा निर्देशक रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई ‘परिवर्तन सम्मान(२०७५’बाट सम्मान गरिने जनाइएको छ । पुरस्कार तथा सम्मान तिहारलगत्तै एक समारोहबीच प्रदान गरिने परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाद्धारा प्रेषित बिज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    थप समाचार