Online Nepal बिहिबार, बैशाख ६ २०८१

जाल्सानको सक्रियतामा जापानिज साकुरा बृक्षारोपण (फोटो फिचर)

जाल्सानको सक्रियतामा जापानिज साकुरा बृक्षारोपण (फोटो फिचर)


मध्यान्तर संवाददाता
  • बुधबार, माघ २२ २०७६

  • काठमाडौं । जापानिज भाषा स्कुल संघ (जाल्सान), सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी केन्द्र र सानिमा बैंकको संयुक्त आयोजनमा नन्दी केश्वर बगैंचा, नारायण चौर, नक्सालमा मंगलबार, दिउँसो साकुरा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।

    कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका लागि जापानिज राजदुत मासामिचि साइगो, विशिष्ट अतिथीको रुपमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेल, नेपाल बैँकर्स एसोशिएसनका अध्यक्ष तथा सानिमा बैँकका सिईओ भुवन दाहालको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा अतिथिका रुपमा जापानिज राजदुतावासका फस्ट सेक्रेटरी डा. आकियामा यूरिको, साकुरा वृक्षारोपण कार्यक्रमका प्रायोजक एईएसएन नेपाल जापान परिवारका प्रतिनिधी नाकामोतो मिकिओ, काठमाडौं महानगरपालीका वडा नंं १ का वडा अध्यक्ष भरत लाल श्रेष्ठ, कामनपा वडा नं २० का वडा अध्यक्ष दल बहादुर कार्की, NEPAL AOTS ALUMNI SOCIETY का अध्यक्ष महेश कुमार नर्कमी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समिति का उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारलगायत जाल्सानका सदस्यहरु तथा विभिन्न संघ संस्था तथा विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थितिमा साकुरा वृक्षारोपणको कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो ।

    उक्त कार्यक्रमका जापानबाट ल्याइएको साकुरामध्ये २९ वटा साकुराको वृक्षारोपण गरिएको थियो । यस कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि जापानिज राजदुत साइगोले जाल्सानले गरेको यस्तो किसिमको कार्यक्रमलाई धन्यवाद दिनुको साथै यस्ता कार्यक्रमले नेपाल–जापानको सम्बन्धलाई अझ मजबुत बनाउने कुरामा जोड दिए ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलले यस्ता किसिमका कार्यक्रमलै नेपाल–जापनको सम्बन्ध सुधार हुने विश्वास लिएको र यस्ता वृक्षारोपणको कार्यक्रमा प्रहरी र जनसमुदाय बीचको सम्बन्ध अझ सुमधुर हुने कुरा व्यक्त गरे ।

    साकुराको बोट नेपाल जापान मैत्री सम्बन्धका रुपमा रही भविष्यमा यस पार्कमा जापानको संस्कृतिको रुपमा रहेको “हानामी” नेपालमा पनि विकास गर्दै लैजाने योजना रहेको जाल्सानका महासचिव रमेश देवकोटाले बताए । उक्त कार्यक्रममा स्वागत मन्तव्य दिंदै जापानिज भाषा स्कुल संघ (जाल्सान)का अध्यक्ष विशाल श्रेष्ठले यस्ता खाले कार्यक्रमले दुई देश बिचको आपशी, पारशपरीक सम्बन्धमा सुधार हुने कुरा बताए ।

    उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो साथै वृक्षारोपण कार्यक्रमलाई एईएसएन नेपाल जापान परिवारले प्रायोजन गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार