Online Nepal आइतबार, बैशाख ३० २०८१

सेयर कारोबार भुत्तानी अब अनलाइन बाट मात्र

सेयर कारोबार भुत्तानी अब अनलाइन बाट मात्र


मध्यान्तर
  • शुक्रबार, भाद्र ५ २०७७

  • काठमाडौं । कोभिड १९ कोरोना भाईरस संक्रमण बढीरहेको अबस्थामा  चेक मार्फत कारोबार गर्दा थप जोखिम  हुने भन्दै स्टक ब्रोकरहरुले लगानीकर्ताहरुबाट विद्युतीय भुक्तानी (अनलाइन पेमेन्ट) बाट मात्र कारोबार गर्ने भएका छन ।

    नेपाल धितोपत्र बोर्डले अनलाइनबाट मात्र सेयर किनबेचको भुक्तानी गर्न निर्देशन दिएपछि स्टक ब्रोकर एसोसियसन अफ नेपालले आफ्ना सदस्यहरुलाई अनलाइनबाट भुक्तानीको व्यवस्था मिलाउन भनेको छ । यस्तै लगानीकर्तालाई पनि अनलाइन पेमेन्टबाट गर्न अनुरोध गरेको एसोसियसनले जनाएको छ । अनलाइन पेमेन्ट भइरहेकोमा ठुलो कारोबार चेकबाट मात्र हुने गरेकाले अब सबै भुक्तानी अनलाइन मार्फत हुनेछ ।ब्रोकरहरुले कनेक्ट आईपीएसका साथै अन्य वित्तुतीय भुक्तानी सेवाप्रदायकहरुमा आबद्ध हुन लगानीकर्तालाई अपिल गरेको छ  ।

    एशोसिएसनले अहिले पनि चेकबाट ठुलो संख्यामा कारोबारको लेनदेन भईरहेको भन्दै अब विद्युतीय माध्यमबाट मात्र लेनदेन गरिदिनका लागि लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।एशोसिएसनले बैंक खाताको विवरण अध्यावधिक गरी अनलाइनबाटै रकम लिन सक्ने व्यवस्था मिलाई दिन पनि अनुरोध गरेको छ ।बैंकको नाम, शाखाको ठेगाना, खाता नम्बर गल्ती नहुने गरी इमेल, भाईबर जस्ता विद्युतीय माध्यमबाट अद्यावधिक गराईदिन समेत  एशोसिएसनले भनेको छ ।

    प्रतिक्रिया
    थप समाचार