Online Nepal मंगलबार, जेष्ठ १ २०८१

शुक्रबार उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि


मध्यान्तर संवाददाता
  • शुक्रबार, भाद्र १९ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    शुक्रबारको नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाठौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरी उल्लेखित संख्यामा संक्रमण भएको जानकारी दिएका हुन् ।

    यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन्

    प्रतिक्रिया
    थप समाचार