Online Nepal शनिबार, जेष्ठ ५ २०८१
समाचार टिप्पणी

अर्थमन्त्री डा.खतिवडाको साढे दुई बर्षः आउँदा पनि खुसी बाहिरिंदा पनि खुसी

अर्थमन्त्री डा.खतिवडाको साढे दुई बर्षः आउँदा पनि खुसी बाहिरिंदा पनि खुसी

औचित्यहिन र समय सापेक्षिक नभएको श्वेतपत्रको आम व्यवसायी, उद्योगी तथा जनताले कपोलकल्पित भनेर मज्जा उडाए


गणेश खड्का
  • शनिबार, भाद्र २० २०७७

  • डा. युवराज खतिवडा

    दुई तिहाइको सरकार त्यसमाथि पनि अर्थतन्त्र बुझेको अर्थमन्त्री पाएपछि देशको आर्थिक विकास र अर्थतन्त्र उकालो लाग्ने आशा आम जनातामा थियो । लामो समय राष्ट्र बैंकमा रहेको पछि गभर्नर समेत भएको दुई पटक योजना आयोगको उपाध्यक्ष भएको व्यक्ति अर्थमन्त्री हुनु र देशमा दुईतिहाइको स्थिर सरकार रहनु विना अवरोध साँच्चिकै काम गरेर देखाउने अवसर हो । डा. युवराज खतिवडा अर्थमन्त्री भएर आउँदा आर्थिक क्षेत्रका धेरै विज्ञहरुले खुसी व्यक्त गरेका थिए । उनले प्रत्यक्ष रुपमा विकासका गतिलाई अगाडी बढाउनेछन् भन्नेमा ढुक्क थिए । तर डा. खतिवडाले मन्त्री पद छोड्ने बेलासम्म प्रशंसा गर्न लायक एउटा पनि काम गर्न सकेनन् । तसर्थ खतिवडा अर्थमन्त्रालयमा आउँदा पनि धेरै मानिस खुसी भए र बाहिरिंदा पनि धेरै मानिस खुसी नै देखिए ।

    आखिर खतिवाडाले किन सोचेको जस्तो काम गर्न सकेनन् ? पहिलो त उनि आउनासाथ देशमा आर्थिक संकटको स्थिति छ भनेर श्वेतपत्र जारी गरे, भर्खरै नयाँ सरकार बनेको थियो । अघिल्लो सरकार माओवादी–कांग्रेसको थियो, उसले तीनै तहको चुनाव गराई अन्य विकासका कामहरु तथा योजनाका कामहरु गर्न पाएको थिएन, राज्यको ढुकुटीमा अर्थमन्त्रीले भने जस्तो संकट थिएन । अरु सरकारले छोड्ने बेलामा जे थियो त्यो बेलामा पनि उस्तै थियो तर उनले विपक्षिलाई नराम्रो देखाउन र आफु पपुलर बन्न श्वेतपत्र जारी गरे । तर त्यो श्वेतपत्रका कारण उनले तारिफ भन्दा पनि गालि बढी खानुपर्यो । औचित्यहिन र समय सापेक्षिक नभएको श्वेतपत्रको आम व्यवसायी, उद्योगी तथा जनताले कपोलकल्पित भनेर मज्जा उडाए । प्रधानमन्त्रीका विश्वास पात्र अर्थमन्त्रीले सोचेको जति काम हुन सकेन । आर्थिक सुचांकको रुपमा रहेको शेयरबजार दिनदिनै ओरालो लाग्न थाल्यो । आम लगानीकर्ताहरुले खर्बौ गुमाउनुपर्यो । राज्यलाई करोडौं कर नोक्सानी भयो ।

    उनले आफु अर्थमन्त्रालय आएपछि एउटा अहमता देखाए । सबै अर्थतन्त्र मैले जति कसैले बुझेको छैन भनेर कुनै दोस्रो व्यक्ति, उद्योगी, व्यवसायी,अर्थविद्हरुलगायत कसैको नि कुरा सुन्न चाहेनन् । उद्योग कलकारखानाहरुलाई सहुलियत कर्जामा उनले अनावश्यक झमेला ल्याइदिए । राष्ट्र बैंकलाई स्वायत्त रुपमा काम गर्न दिएनन् । अर्थमन्त्रालयको एउटा विभाग जास्तो बनाइदिए । हिजो आफैले हाँकेको त्यो संस्था कसैको निर्देशनमा चल्न थाल्यो भने के हुन्छ ? त्यो कुरा उनले बुझ्न सकेनन् । राम्रो परिणाम दिन नसक्दा आज उनकै कारण पार्टीको बद्नाम भएको छ । गैर राजनीतिक व्यक्तिलाई मन्त्री बनाउँदा पार्टी र सरकारको दुरी बढेको छ । सांसदहरुले अर्थमन्त्रीलाई कहिले पनि विकासका योजना पेश गर्न पाउँदैन थिए । सांसद कोषको बजेट बन्द गर्नुपर्ने ठाउँमा पहिलो बर्ष बढाएका थिए भने यो बर्ष हटाउनुपर्ने ठाउँमा केहि घटाए जस्तो मात्र गरे ।

    विद्युतिय सवारी साधनको भन्सार शुल्क घटाउनुपर्ने ठाउँमा दोब्बर बढाए । चक्लेटमा कर बढाउनुपर्ने ठाउँमा घटाए । बालबालिकालाई खुवाउनुपर्ने पोषणयुक्त दूधमा कर बढाए भने, किताबमा कर लगाउने निर्णय गरे । नीजि क्षेत्रप्रति सँधै अनुदार देखिए । देशको मूख्य राजस्वको स्रोत नीजि क्षेत्र हो भन्ने कुरा विर्सिए । नीजि क्षेत्रका गुनासाहरु न कहिले सुने न त कहिल्यै सुन्ने प्रयास नै गरे । उच्च आर्थिक बृद्धिको लक्ष्य लिएका डा. खतिवडाकौ पालामा बृद्धि होइन, यो बर्षसम्म आइपुग्दा नकारात्मक बृद्धि भयो । राजस्व संकलन दुवै बर्ष लक्ष्य अनुसारको हुन सकेन भने विकास खर्चपनि अघिल्लो सरकारको भन्दा बढ्न सकेन ।

    डा. खतिवडाले साढे दुई बर्षमा सम्झने र राम्रो काम गरेको भनेको तलब भुक्तानी तथा भुक्तानीमा अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था गरिदिए । जसका कारण दुई बर्षमा १० लाख नयाँ करदाता थपिए । तर संस्थागत रुपमा प्यान भ्याट लिनेको संख्या बढ्न सकेन । समग्रमा भन्दा धेरै आशा गरिएका अर्थमन्त्री थिए डा. खतिवडा । तर उनको कार्यावधिमा थुप्रै विकासका योजना उपेक्षामा परे, एउटा अब्बल अर्थशास्त्रि अर्थमन्त्री हुँदा पनि विगतका अरु मन्त्री जत्ति काम गर्न सकेनन् । वित्तशास्त्रमा नभएपनि विकासका कार्यमा समानुपातिक र समावेशीताको अवधारणालाई पुरै लत्याए । अन्त्यमा उनको बर्हिगमनलाई सबैले खुसी मनाए ।

    प्रतिक्रिया
    थप समाचार