Online Nepal शनिबार, जेष्ठ ५ २०८१

निषेधाज्ञा थपे अवज्ञा गर्ने व्यावसायिको चेतावनी

निषेधाज्ञा थपे अवज्ञा गर्ने व्यावसायिको चेतावनी


मध्यान्तर संवाददाता
  • सोमबार, भाद्र २२ २०७७

  • काठमाडौं । उपत्यका लगायत देशको विभिन्न क्षेत्रमा  पुनः निषेधाज्ञा थपे अवज्ञा गर्ने चेतावनी व्यवसायीहरुले दिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले लकडाउन र निषेधाज्ञाका कारण अब आर्थिक स्थितीले चल्नै नसक्ने अवस्थामा पुगेको भन्दै यसको अवज्ञा गर्ने भएका छन् ।

    काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले भदौं २४ गतेसम्म निशेधाज्ञा जारी गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले २४ गतेपछि पनि पुनः निशेधाज्ञा बढाइए अवज्ञा गर्ने बताए । “अब व्यवसायीले निशेधाज्ञा सहेर बस्न सक्ने अवस्था छैन । अझै बढाइए हामी अवज्ञा गर्छौ” उनले भने ।

    यसअघि नाडाले विज्ञप्ती निकालेर निशेधाज्ञामा पुनर्विचार गर्न अपिल गरेको थियो । लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्‍ने आधार विश्वमा कहिँ कतै नदेखिएको भन्दै नाडाले यहि तथ्यहरुलाई मनन गरी सरकारले पनि निषेधाज्ञाको हटाउन वा मोडालिटि परिवर्तन  गर्नुपर्ने माग गरेको थियो ।  लकडाउन र निषेधाज्ञाले व्यावसाय चौपट भएको  भन्दै आइतबार उद्योगी व्यावसायिहरुले प्रधानमन्त्रीलाई भेटेर निषेधाज्ञा हटाउन माग समेत गरेका छन्  ।

    प्रतिक्रिया
    थप समाचार