Online Nepal शनिबार, जेष्ठ ५ २०८१

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा टुटल र पठाओको सेवा सुरु

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा टुटल र पठाओको सेवा सुरु


मध्यान्तर
  • बिहिबार, भाद्र २५ २०७७

  • काठमाडौं । उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै टुटल र पाठाओले राइड सेयरिङ सेवा सुरु गरेका छन् । निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवा पुनः सुचारु भएको हो ।

    नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडर सतर्कतासहित सेवा सुरु गरेको जनाएको छ । राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीका संस्थापक शिक्षित भट्टले जानकारी दिए । उनक अनुसार सतर्कतासहित सेवा दिने र यात्रुलाई पनि मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

    त्यस्तै पठाओले नियमित सेवा सुरु गरेको उल्लेख नगरेपनि आवश्यक शतर्कतासहितको सेवा दिने जनाएको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्य सेवा चाहानेहरूलाई नियमित सेवामा दिने बताएको छ । पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतले लकडाउनपछि सेवा खुल्दा जसरी सेवा प्रवाह भएको थियो त्यसैगरी आवश्यक सतर्कतासहित सेवा थालेको बताए । उनले भने– ‘राइडरहरूलाई सेनिटाइजर, प्रोटेक्टिभ मास्क, सुरक्षात्मक कपडा लगाएर मात्रै सेवा दिन भनेका छौं, राइडपछि सवारी पनि स्यानिटाइज गर्छौं,’

     

     

    प्रतिक्रिया
    थप समाचार