Online Nepal बुधबार, जेष्ठ २ २०८१

काठमाडौं उपत्यका कोरोना हटस्पट बन्दै, आजमात्रै थपिए ६९६ जना संक्रमित

काठमाडौं उपत्यका कोरोना हटस्पट बन्दै, आजमात्रै थपिए ६९६ जना संक्रमित


मध्यान्तर संवाददाता
  • शुक्रबार, भाद्र २६ २०७७

  • काठमाडौं । आज शुक्रबार काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमार्फत उपत्यकामा पछिल्लो २४ घण्टामा उल्लेखित संख्यामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित रहेको बताए ।

    उपत्यकामा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो । बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण देखिएको थियो ।

    त्यस्तै देशैभर शुक्रबार थप १ हजार ४५४ जनामा कोरोना संक्रमण भएको छ । एकै दिनमा थपिएको यो संख्या हालसम्मकै उच्च हो । आज शुक्रबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ९७२ जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

    संक्रमित हुनेमध्ये निको हुनेको दर ७१ प्रतिशत पुगेको छ । विभिन्न अस्पताल तथा होम आइसोलेसनमा हाल १४ हजार ९२५ सक्रिय संक्रमित रहेको डा. गौतमले बताए

    पछिल्लो २४ घण्टामा मृतक ५ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ३२२ जनामा कोरोना पुष्टि भएको छ। यस अवधिमा १० हजार ७०१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया
    थप समाचार