Online Nepal शनिबार, जेष्ठ ५ २०८१

काङ्ग्रेस सभापतिलाई ब्यवसायीले भने हाम्रा माग पुरा गराउन पहल गरिदिनुस

काङ्ग्रेस सभापतिलाई ब्यवसायीले भने हाम्रा माग पुरा गराउन पहल गरिदिनुस


मध्यान्तर
  • आइतबार, भाद्र २८ २०७७

  • काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले उद्योगी–व्यवसायीहरुको माग तत्कालै पूरा गराउनका लागि सरकारसंग पहल गरिदिन भन्दै पूर्वप्रधानमन्त्री एवम् प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । लामो समय बन्दाबन्दी भए पनि निजी क्षेत्रका लागि सरकारले राहतका ठोस योजनाहरु नल्याएको भन्दै महासंघले प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई गुहारेको हो ।

    व्यवसाय पूर्ण रुपमा बन्द हुँदा बैंकको सावाँ तथा ब्याज, घरभाडा, श्रमिकको पारिश्रमिक लगायत भुक्तानी गर्न समेत नसकिएको अवस्था छ भन्दै देउवालाई आफ्ना मागबारे जानकारी गराउँदै महासंघ  बुझाएको छ । ज्ञापन पत्र बुझ्दै देउवाले उद्योगी व्यवसायीहरुका जायज मागहरु सरकारले पूरा गर्नै पर्ने बताए । यसका लागि आफूले  प्रधानमन्त्रीसँग कुरा गर्ने उनले आश्वासन दिए ।

    महासंघले देउवासमक्ष राखेका माग यस्ता छन्:

    १. कोरोनाबाट सुरक्षित रहन आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग, व्यापार–व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनु पर्ने ।
    २. लकडाउन तथा निषेधाज्ञा अवधीभरको बैंक तथा सहकारी संस्थाहरुको ब्याजदरमा विशेष छुट हुनुपर्ने ।
    ३. सोहि अवधीको व्यापार–व्यवसाय तथा औद्योगिक क्षेत्रको घरभाडामा सरकारी स्तरबाट उचित राहतको व्यवस्थापन हुनपर्ने साथै भाडादर वैज्ञानिक हुनुपर्ने ।
    ४. मासिक भ्याट तथा अन्य कर तिर्ने समयावधी थप गरी विलम्ब शुल्क तथा जरिवाना छुट हुनुपर्ने ।
    ५. उद्योग र व्यवसाय बचाउनका लागि बिनाधितो ५ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नु पर्ने ।
    ६. केरुङ नाकामा १० महिनादेखि रोकिएर रहेका माल(सामानका कन्टेनरहरु छुटाउन तुरुन्त कुटनितिक पहल गर्दै नाकामा आवात(जावतका लागि व्यवसायी र चालकलाई सहज पासको व्यवस्था हुनुपर्ने साथै नाकाहरुमा रहेको सिण्डिकेट अन्त्य हुनुपर्ने ।
    ७. मौद्रिक नीतिमा भएको पुनरकर्जा उद्योगीहरुले मात्रै पाउने व्यवस्थालाई सहज बनाई व्यापार व्यवसायहरुलाई पनि दिनु पर्ने ।
    ८. कोरोनाका कारण शिथिल भएको उद्योग–व्यवसायहरुको समस्या समाधानका गर्न निजी क्षेत्र र सरकार स्तरको समन्वयन समिति बनाउनु पर्ने ।

    प्रतिक्रिया
    थप समाचार