सिन्धुपाल्चोकको बाह्रबिसे पहिरोमा मृत्युको संख्या ९ पुग्यो
सिन्धुपाल्चोकको बाह्रबिसे पहिरोमा मृत्युको संख्या ९ पुग्यो
मध्यान्तर
आइतबार, भाद्र २८ २०७७
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका अनुसार अझै२२ जना बेपत्ता भएका छन् ।मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा १८घरहरु पुरेको छ ।