Online Nepal सोमबार, जेष्ठ ७ २०८१

उपत्यकामा एकै दिन थपिए ६७६ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै ५५५ जनामा संक्रमण

उपत्यकामा एकै दिन थपिए ६७६ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै ५५५ जनामा संक्रमण


मध्यान्तर संवाददाता
  • मंगलबार, भाद्र ३० २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार संक्रमितमध्ये काठमाडौंमा ५५५ जना, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा देशभर भने १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको बताए ।

    उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३७१ पुगेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार