Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सात वर्षिय बालिका करणी गर्नेविरुद्ध मुद्दा

सात वर्षिय बालिका करणी गर्नेविरुद्ध मुद्दा


मध्यान्तर
  • बिहिबार, पुष १२ २०७५

  • काठमाडौं । सप्तरीमा सात वर्षिय बालिका बलात्कार गर्ने एक युवा विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको अग्निसाइर कृष्णशवरण गाउँपालिका १ जण्डौल घर भएका २० वर्षीय सुन्दरकुमार सदालाई बालिका बलात्कारको आरोपमा पक्राउ गरी बुधबार जबरजस्ती करणी अन्तर्गतको मुद्दा चलाएको हो।

    उनलाई घरनजिकै खेलिरहेकी बालिकालाई करिब दुई सय मिटर पर लगेर मंगलबार साँझ बलात्कार गरेको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले पक्राउ गरेके हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार पीडित बालिकाको आफन्तको जाहेरीका आधारमा सदालाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्तापछि थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    थप समाचार