Online Nepal सोमबार, बैशाख १७ २०८१

प्याज अप्रेसनः केजीको १२० रुपैंया लिने प्रहरी खोरमा

प्याज अप्रेसनः केजीको १२० रुपैंया लिने प्रहरी खोरमा


मध्यान्तर
  • बुधबार, भाद्र ३१ २०७७

  • काठमाडौं । भारतबाट प्याज आउन रोकिएपछि व्यापारीहरुले ह्वात्तै मूल्य बर्ढाका छन् । व्यापारीले प्याजको मूल्य मनोमानी ढंगले लिन थालेको सर्वत्र गुनासो पछि बाणिज्य विभागले ‘प्याज अप्रेसन अभियान’ नै सुरु गरेको छ । यसैक्रममा कालिमाटी तथा बल्खुमा रहेको तरकारी बजारमा विभागले अनुगमन गर्दा मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा बिक्री भएको प्याज बुधबार बिहान १२० रुपैयाँ पुर्‍याइएको पाइएको छ । विभागले मंगलबारदेखि नै ‘अप्रेसन प्याज अभियान’ चलाएको जनाएको छ ।

    विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले खुद्रा र थोक पसलमा गरिएको अनुगमनमा ४५ रुपैयाँमा किनिएको प्याजलाई एक सय १२० रुपैयाँसम्ममा बिक्री गरिएको पाइएको जानकारी दिए । उनका अनुसार प्याजको मूल्यवृद्धि विरुद्ध नियमित अप्रेसन घोषणा नै गरेर विभाग लागेको छ ।

    त्यस्तै बुधवार बिहान उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्कदा आफै कालोबजारीमा परेका थिए । त्यसपछि उनले कालो बजारी गर्ने व्यापारीलाई आवश्यक कारवाही गर्न प्रशासनलाई निर्देशन दिएका थिए ।

    धेरै मूल्य लिने चार जना व्यापारलाई पक्राउ गरेर महानगरिय प्रहरी वृत्त कालीमाटीमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, ४६ वर्षीय सर्दिप तन्डुकार र बारा घर भएका ५० वर्षीय हरिनारायण शाह कलवार छन् । मंगलबार सम्म ४८ रुपैयाँमा बिक्री भईरहेको प्याज उनीहरुले १ सय २० रुपैयाँ प्रतिकेजी बेचेको अनुगमनको गर्दा फेला परेको थियो ।

    उनीहरुलाई कालोबजारी ऐनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

     

    प्रतिक्रिया
    थप समाचार