Online Nepal सोमबार, जेष्ठ ७ २०८१

दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै, आज मात्रै १५३९ जना कोरोना संक्रमित थपिए

दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै, आज मात्रै १५३९ जना कोरोना संक्रमित थपिए


मध्यान्तर संवाददाता
  • बुधबार, भाद्र ३१ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा १५ सय ३९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वस्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत बुधबार उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सहित संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको मन्त्रालयले जनाएको छ ।

    डा. गौतमले दिएको जानकारी अनुसार कोरोनाका १६ हजार २४२ जना सक्रिय संक्रमित छन् । यस्तै संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना रहेका छन् । क्वारेन्टाइनमा ७ हजार ८२० जना रहेका छन् ।

    मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ४९४ पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १०६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार