Online Nepal शनिबार, जेष्ठ ५ २०८१

उपत्यकामा ब्यापार -ब्यबसाय खुल्ला , यातायातमा जोर- बिजोर यथावत

उपत्यकामा ब्यापार -ब्यबसाय खुल्ला , यातायातमा जोर- बिजोर यथावत


मध्यान्तर
  • बुधबार, भाद्र ३१ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली यथावत  भएको छ । उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चित कालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् । सोही अनुसार जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी समेत गरेका छन् । अत्यावश्यक सेवाका सवारी साधनमा भने यो व्यवस्था लागु हुने छैन । प्रशासनको आदेश अनुसार उपत्यकामा सभा, समारोह, भोजभतेर, पार्टी लगायत कार्यक्रम आयोजना गर्न, मठमन्दिर लगायत धार्मिक क्षेत्र खुला गर्न, शिक्षण संस्था सञ्चालन गर्न र भीडभाड हुने मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।तर स्वास्थ सुरक्षाको मापदण्ड अपनाई ब्यापार ब्यबसाय गर्न हप्ताको सातै दिन दिने भएको छ ।

    प्रतिक्रिया
    थप समाचार