Online Nepal शनिबार, जेष्ठ ५ २०८१

म्याग्दीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण

म्याग्दीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण


मध्यान्तर
  • बिहिबार, पुष १२ २०७५

  • काठमाडौं । यायात सुविधा नपुगेका स्थानीय तहहरुमा सवारी अभावकै कारण हेप्याड निर्माण अभियान थालका म्याग्दी जिल्लाल सबै स्थानीय तहहरुमा हेलिप्याड निर्माण गरेको छ । आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियानलाई तीव्रता दिएको थियो ।

    दुई महिनाभित्र जिल्लाका ६ वटै स्थानीय तहका ४५ वटै वडामा हेलिप्याड निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत एक महिनाको अवधिमा जिल्लाका मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाका पाँच वडामा हेलिप्याड निर्माण भइसकेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

    प्रजिअ अधिकारीका अनुसार मालिका गाउँपालिका देवीस्थान, मङ्गला गाउँपालिका–२ हिदी, रघुगङ्गा गाउँपालिका–६ पाखापानी, मालिका गाउँपालिका–२ रुम र कुहूँको महभीरमा हेलिप्याड निर्माण भइसकेको छ । अन्य वडामा पनि हेलिप्याड निर्माणका लागि स्थल छनोटको काम भइरहेको जनाइएको छ । एउटा हेलिप्याड बनाउन करीब रु ३० हजार खर्च लाग्छ ।

    स्वास्थ्य केन्द्र आसपासका क्षेत्रमा हेलिप्याड बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गरेको छ । सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ शुरू गरेपछि वडास्तरमै हेलिप्याड बनाउन थालिएको हो ।

    प्रतिक्रिया
    थप समाचार