Online Nepal आइतबार, जेष्ठ ६ २०८१

स्याङ्जाको पहिरोमा एकै परिवारका पाँच जनाको शब भेटियो

स्याङ्जाको पहिरोमा एकै परिवारका पाँच जनाको शब भेटियो


मध्यान्तर
  • बिहिबार, असोज ८ २०७७

  • काठमाडौं । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । चार जना अझै बेपत्ता छन् ।बिहीबार  बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी  जनाएको  छ।

    प्रहरीका अनुसार  पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ । अन्य चार जना अझै बेपत्ता छन् ।एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाइएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ ।

    घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेको र सिमसिम पानी परिरहेकोले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार