Online Nepal बिहिबार, चैत्र १५ २०८०

सरकारले आन्तरिक हवाई उडान संख्या बढायो, बुद्ध एयरले सबैभन्दा बढी उडान भर्न पाउने

सरकारले आन्तरिक हवाई उडान संख्या बढायो, बुद्ध एयरले सबैभन्दा बढी उडान भर्न पाउने


मध्यान्तर
  • बुधबार, असोज १४ २०७७

  • काठमाडौं । सरकारले आन्तरिक हवाई उडानको तालिका हेरफेर गर्दै उडान संख्या बढाएको छ । असोज ५ गतेबाट सुरु गरेको आन्तरिक हवाई उडानलाई भोलि असोज १५ गतेबाट लागु हुनेगरी उडान संख्या बढाएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार असोज १५ गते बिहीबारबाट लागू हुने गरी आन्तरिक उडानको संख्या बढाइएको छ । अहिले बढाइएको संख्याले नपुगेमा अझै वृद्धि हुनसक्ने प्राधिकरणको भनाइ छ । उडान संख्या थपघट गर्ने अधिकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई समेत दिइएको छ प्रधिकरणले जनाएको छ ।

    आन्तरिक उडान खुलेसँगै निरन्तर हवाई यात्रुको चाप बढिरहेको कारण यसअघि २५ प्रतिशतले उडान गर्दै आएकोमा अब ३५ देखि ४० प्रतिशत पुर्‍याउने गरी उडान संख्या बढाइएको प्रधिकरण स्रोतले जानकारी दियो ।

    परिवर्तित तालिका अनुसार बुद्ध एयरले दैनिक १८ उडान गर्दै आएकोमा बिहीबारदेखि २५ उडान गर्न पाउने छ भने १२ उडान अनुमति पाएको यतीले अब दैनिक १८ उडान गर्न पाउनेछ।

    यसैगरी श्रीले पहिले ६ वटा उडानको अनुमति पाएकोमा अब दैनिक १२ वटा गर्न पाउने भएको छ। यसैगरी सिम्रिक र सौर्यलाई भने दैनिक २ वटा उडानको अनुमति दिइएको छ । साथै दुर्गमका उडान गर्ने सीता, तारा र समिटले पनि अब दैनिक ४र४ वटा उडान गर्न पाउने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार