Online Nepal शनिबार, जेष्ठ ५ २०८१

मनाङमा लगातार हिमपात

मनाङमा लगातार हिमपात


मध्यान्तर
  • शुक्रबार, पुष १३ २०७५

  • काठमाडौं । हिमाल पारिको जिल्ला भनेर चिनिने मनाङमा हिमपात सुरु भएको छ । पुषको मध्यपछि चिसो बढेसँगै मनाङमा उक्त क्षेत्रमा हिमपात सुरु भएको हो ।

    मनाङको चिसो यसअघि नै माइनसमा झरेका कारण यहाँको तापक्रम हिमपातपछि माइनस २० डिग्रीमा झरेको छ । जिल्ला प्रसाशन कार्यालय मनाङले दिएको जानकारी अनुसार जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत स्थानमा हिमपात भएको हो ।

    मनाङमा बिहीबार बिहानदेखि मौसममा खराबी आएको बताए । हिमालको वरिपरि लागेको कालो बादल र हावाहुरीपछिको हिमपातले यहाँको तापक्रम माइनस २० डिग्री पुगेको प्रजिअ देवकोटाले जानकारी दिए ।

    हिजो दिउँसो करीब १ बजेबाट सुरु हिमपात अहिले बिहान ७ बजेबाट केही रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए ।

    जल तथा मौसमविद् बरुण पौडेलका अनुसार, आज दिनभर मनाङको मौसम बदली हुने सम्भावना छ । तर, भोलिबाट भने मौसममा सुधार आउने पौडेलले बताए ।

    प्रतिक्रिया
    थप समाचार