Online Nepal शनिबार, जेष्ठ ५ २०८१

लागुऔषध ईन्जेक्सन विक्रि गर्ने एकजना पक्राउ

लागुऔषध ईन्जेक्सन विक्रि गर्ने एकजना पक्राउ


मध्यान्तर
  • शुक्रबार, पुष १३ २०७५

  • काठमाडौं । लागु औषध ईन्जेक्सन सहित सहित एकजनालाई प्रहरलिे पक्राउ गरेको छ । शुक्रबार सशस्त्र प्रहरीको वीरगन्ज भन्सार शाखाले राजश्व गस्ती टोलीले गएराति भारी परिमाणमा प्रतिबन्धित लागू औषध इन्जेक्सन सहित एक जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका बिर्ता जेलरोड निवासी ३९ वर्षीय सन्नी मानन्धर रहेका छन् । सीमावर्ती भारतीय सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने क्रममा भन्सार अगाडि नियमित चेकजाँच गर्ने क्रममा मानन्धरलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको हो ।

    मानन्धरको साथबाट फेनार्गन ३ सय १०, नुर्फीन ३ सय १० र डाइजोल्याब ३ सय १० गरी इन्जेक्सन ९ सय ३० पिस तथा ५ बोतल कोरेक्स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । खानतलासीबाट ३० हजार दुई सय नेपाली तथा ३ हजार ५ सय ७५ भारतीय रुपैयाँ, दुई थान मोबाइल बरामद गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार