Online Nepal बिहिबार, बैशाख २७ २०८१

उपत्यकामा १०१७ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ७८३ जना संक्रमित

उपत्यकामा १०१७ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ७८३ जना संक्रमित


मध्यान्तर संवाददाता
  • मंगलबार, असोज २० २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा १ सय १८ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

    यस्तै मंगलबार सार्वजनिक गरेको विवरण अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित हालसम्म देशभर संक्रमित हुनेको कुल संख्या ९० हजार ८१४ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । देशभर २२ हजार ७०९ सक्रिय संक्रमित रहेको डा. गौतमले जानकारी दिए । आज संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार