Online Nepal बिहिबार, बैशाख २७ २०८१

देशैभर एकैदिन ३४३९ जनामा कोरोना संक्रमण, २४ घण्टामा थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च

देशैभर एकैदिन ३४३९ जनामा कोरोना संक्रमण, २४ घण्टामा थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च


मध्यान्तर संवाददाता
  • बुधबार, असोज २१ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । सरकारले बुधबार सार्वजनिक गरेको विवरण अनुसार देशैभर ३ हजार ४३९ जना कोरोनाका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमार्फत पछिल्लो २४ घण्टामा उल्लेखित संख्यामा कोरोना संक्रमित थपिएको पुष्टि गरे । योसहित हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको डा. गौतमले जानकारी दिए ।

    २४ घण्टाभित्र १ हजार १२६ कोरोना संक्रमणबाट निको भएका छन् भने योसहित कुल निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको मन्त्रालयले जनाएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । मृतक थप १५ जनामा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म कोरोनाबाट ५ सय ७८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको पिसिआर परीक्षण भएको डा. गौतमले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार