Online Nepal बिहिबार, बैशाख २७ २०८१

उपत्यकामा एकैदिन १६८४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै १२९६ जना संक्रमित

उपत्यकामा एकैदिन १६८४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै १२९६ जना संक्रमित


मध्यान्तर संवाददाता
  • बुधबार, असोज २१ २०७७

  • काठमाडौं । काठमाडौ उपत्यकामा बुधबार १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमार्फत पछिल्लो २४ घण्टामा उल्लेखित संख्यामा कोरोना संक्रमित थपिएको पुष्टि गरे ।

    डा. गौतमले दिएको जानकारी अनुसार काठमाडौंका १ हजार २९६, ललितपुरका २९३, तथा भक्तपुरका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै सरकारले बुधबार सार्वजनिक गरेको विवरण अनुसार देशैभर ३ हजार ४३९ जना कोरोनाका संक्रमित थपिएका छन् । योसहित हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको डा. गौतमले जानकारी दिए ।

    २४ घण्टाभित्र १ हजार १२६ कोरोना संक्रमणबाट निको भएका छन् भने योसहित कुल निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको मन्त्रालयले जनाएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । कोरोनाबाट थप १५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसहित हालसम्म कोरोनाबाट ५ सय ७८ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको पिसिआर परीक्षण भएको डा. गौतमले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार